Project

In technical partnership with Global Nepalese ICT Consortium (GNICTC), the Nepalese Association of Florida is launching a new project “Connect Nepal”.

Goal

To establish the communication center NAF is setting up the goal to raise $5000.00 which will be utilized to purchase hardware to connect the internet and computer. NAF will directly supervise the project with the help of the Global Nepalese ICT Consortium (GNICTC).

If you want to help us you can simply go to the link below and help us get this project to even more people over the villages.  

युवा विकास केन्द्र सिस्ने

युवा विकास केन्द्रको संक्षीप्त परिचय

यस युवा विकास केन्द्र सिस्ने गाउँपालिका भित्र स्थापना भएको संस्था हो, जस्को उदेश्य भनेको युवाहरुलाई सामाजिक, आर्थिक, शैक्षिक र प्राविधिक रुपमा सबल बनाउदै राष्ट्र निर्माणका निम्ति साझेदार अभियान्ता बनाउने मूल उदेश्यका साथ स्थापना भएको गैर नाफामुलक, गैर राजनीतिक र गैर सरकारी सामाजिक संस्था हो । यस संस्थाले नयाँ पुस्तालाई अगादि बढाएर समाज साथै  देश र राष्ट्र  विकासका लागि आवश्यक राष्ट्र भावना, एकता, समता, समानता, सौहार्दता, समाजसेवा जस्ता कार्यहरुलाई जोड दिने हेतुले स्थापना भएको संस्था हो । यस संस्थाले नयाँ पुस्ता साथै युवाहरुमा व्यापक लगानी गरि आर्थिक समृद्धि हासिल गर्न उत्तरदायि युवाहरु उत्पादन गर्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको छ । यस नगरभित्र रहेको युवाहरुलाई विभिन्न तालिम, कार्यक्रम जस्ता कुराहरु बाट प्रशिक्षण गरि राष्ट्र भित्र मात्र नभई अन्तराष्ट्रिय क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न सक्ने सक्षम व्यक्ति उत्पादन गर्नुका साथै यस क्षेत्रलाई राष्ट्र तथा अन्तरास्ट्रिय रुपमा चिनाउने हेतुले समेत कार्यहरु गरि रहेको छ भने उद्यमशिलता, सिप विकास र रोजगारी सिर्जना गरिदिने र युवा लाई आफ्नो राष्ट्र प्रति प्रेम सदभाव जगाउने जस्ता कार्यहरुलाई स्तम्भको रुपमा राखी कामकार्यहरु गरिरहेको छ ।

कृषि, पर्यटन, उर्जा, पूर्वाधार, प्रविधि, जडिबुटी लागतका कुराहरु भनेको राष्ट्रकै रोजगारका महत्वपूर्ण क्षेत्रहरु, साथै सिस्ने गाँउपालिकामा उक्त रोजगारको भरपुर सम्भावना छ तर राम्रो रणनीति, गुरु योजना, साथै मार्गदर्शनको कमिले उक्त रोजगारको अवसरहरु प्राप्त गर्न पाएका छैन्न, सोहि कुराहरुलाई मध्य नजर गर्दै  यस संस्थाले माथि उल्लेखित रोजगारका मुख्य  विशिष्ट व्यक्ति, विशिष्ट संस्था लगायत संग साझेदारी, सम्वनय, सहकार्य गर्दै उक्त क्षेत्र आगाडी लगिने छ । युवा परिचालन, सहभागिता र नेतृत्व विकास विना देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भएको हुदाँ जोडतोडका साथ युवाहरुलाई जाँगरूक गरि, युवाहरुलाई नै अग्रसर गरि युवाहरुलाई राष्ट्र प्रेमको भावनाका साथ सिप सिकाउने र विकास गर्दै जाने छ ।

अत: युवाहरु संग रहेको अथाह उर्जालाई बिज्ञतामा परिणत गर्दै सामाजिक रुपान्तरण सहितको आर्थिक सम्वृद्धि हासिल गर्ने उदेश्यका साथ यस संस्था कार्य गरिरहेको छ ।

सेवाहरु

टेली सेन्टर सेवाहरु

We are trying to connect the village with a telecommunication system we could carry out all the required services like emergency health services like first aid and other services like water supply also in occurrence of any natural hazard this kind of infrastructure can prove to be very effective and helpful

दूरसञ्चार सेवा

अनलाइन सेवा

समाचार

सिस्ने गाँउपलिकाको परिचय

संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै राज्यको पुर्नसंरचना गर्ने क्रममा ७ प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश मा राज्य पुर्नसंरचना पछि रुकुम पुर्व सिस्ने गाँउपालिकाको निर्माण भएको हो । 

थप पढ्नुहोस्:

नेपाल जोड्ने अभियान

Information technology has been playing major roles in communication in today’s world to connect with each other and share information. 

थप पढ्नुहोस्:

Events in Progress

We have just started with establishing the organization, more information will be added soon.

Supported by

Nepalese Association of Florida (NAF) is organizing this fundraiser to benefit Nepalese Association of Florida NAF Inc.

Copyright © 2021 युवा विकास केन्द्र – All Rights Reserved.