सिस्ने गाँउपलिकाको परिचय

संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै राज्यको पुर्नसंरचना गर्ने क्रममा ७ प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश मा राज्य पुर्नसंरचना पछि रुकुम पुर्व सिस्ने गाँउपालिकाको निर्माण भएको हो ।  यस गाँउपालिका  प्राकृतिक श्रोत साधनले धनी गाँउपालिका हो । साविकको सिस्ने, रुकुमकोट, स्यालापाखा, पोखरा प्वाँङ मिलेर यस गाँउपालिकाको नामाकारण भए पश्चात ८ वटा वडामा विभाजित गरिएको छ । पूर्वी रुकुम अन्तर्गत पर्ने ३ वटा स्थानीय तहहरु मध्ये प्राकृतिक श्रोत साधनको दृष्ट्रिले सबै भन्दा धनि सिस्ने  गाँउपालिका रहेको छ । बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने यस गाँउपालिकामा प्राकृतिक सम्पदाहरु मध्ये  सिस्ने हिमाल, कमल दह, सानी भेरी, नदि, देउराली गुफा, पोखरा तातोपानी, नौधारी झरना, नौधारी लेक, तिमीले लेक, तातोपानी, तिन बैनी लेक, जस्ता प्राकृतिक सम्पदा हरु रहेका छन् । यस गाउँपालिकामा अधिकांश सडकहरु कच्ची रहेको छ र मध्य पहाडी लोकमार्ग निर्माण भईरहेको छ ।

यस गाउँपालिकाको भू-उपयोग हेर्दा  ३२७.१२ वर्ग किमी क्षेत्रफल जस मध्य ४३२८.९९ हेक्टर खेति योग्य जमिन रहेको छ, २.३६ हेक्टर आवास, २४१९.६१ हेक्टर नदि, नाला, ताल, तलैयाले ओगटेको छ भने ४९२०४.४९ हेक्टर वनजंगलले ढाकेको छ ।

यस गाउँपालिकाकोको सिमाना संग जोडिएको अरु स्थानीय तह भनेको पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, पश्चिममा मुसिकोट नगरपालिका , बाँफिकोट नगरपालिका, आठविसकोट नगरपालिका रहेको छ भने उत्तरमा डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिका र दक्षिणमा भूमे नगरपालिका रहेको छ ।

यस गाउँपालिकामा १ वटा जिल्ला अस्पताल, १ वटा स्वास्थ्य कार्यालय, ५ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ, १४ वटा निजी औसधी पसल एवं किल्निक रहनुका साथै १ वटा आँखा अस्पताल समेत रहेको छ ।

यस गाउँपालिकामा १ वटा  वन डिभिजन कार्यालय, १६४८३ हेक्टर सरकार द्वारा व्यवस्थित वन, ३९३७.०२ हेक्टर सामुदायिक वन, ६१ सामुदायिक वन संस्था, ३२.६३ हेक्टर कवुलियती वन क्षेत्रफल, ६ वटा कवुलियति वन, ४६४५ व मी निजी वन साथै १ वटा निजी वन रहेको छ।

यसै गाउँपालिकामा १९३ कि.वा कुल विद्युत उत्पादन हुन्छ भने ६ वटा साना तथा लघु विद्युत उत्पादन रहेको छ साथै ४४ वटा परम्परागत घट्टहरु पनि यस गाउँपालिकामा रहेको छ ।

यसै गाउँपालिकामा २२ वटा सेवामुलक उद्योग, 13 वटा उत्पादन मुलक उद्योग, १७ वटा कृषि तथा वनजन्य उद्योग, ९ वटा पर्यटन मुलक/ होटल र १ वटा निकाशी मुलक उद्योग रहेको छ ।

यसै गाउँपालिका अन्तर्गत रहेको प्रमुख नदी र खोलाहरु सानीभेरी नदी, रुकुम गाड, चिउरा खोला, भलखोला, नाथिगड खोला, खोपिचार खोला, तुवाङ खोला, डुडडाउने खोला, देउखोला, छिप्खोला, कप्गाद खोला, सिम्रि खोला, च्यार्गाड खोला, दमरा खोला, सौरी खोला, बाहले खोला, घट्टे खोला, चोर खोला, ओखेनी खोला, घङार खोला आदि रहेको छ ।

यसै गाउँपालिका अन्तर्गत १ ईलाका हुलाक, ए.डि.एस.ल नेट, जी.सी.यम प्रिपियड, जी.यस.यम.पोस्पेड, सी.डि.यम.ए प्रिपियड, सी.डि.यम.ए पोस्पेड, साथै लेनलाईन को समेत सुबिधा रहेको छ ।

वराह मन्दिर, शिवजी मन्दिर, बिन्धवासिनी मन्दिर, बर्माथान र पंचायन मन्दिर रुकुमकोट, सिस्ने साई कुमारी जस्ता धार्मिक स्थलहरु पनि  रहेको छ । भने सिस्ने हिमाल , कमल ताल, गुप्त दह, देउराली गुफा, रुकुमकोट वस्ती, पोखरा तातोपानी सहिद पार्क, आदि पर्यटकीय स्थलहरु पनि रहेको छ ।

मुला, आलु, प्याज, रायो, अदुवा, टमाटर, काक्रा, स्याउ, नास्पाती, आरु, गुलावजामुन, आरुबखडा ओखर जस्ता तरकारी तथा फलफुल हरु पाउनु का साथै कस्तुरी, घोरल, मृग, नाउर, बादर, ढेडु, झारल, बार, बाघ, भालु, खरायो, स्याल, हुचिल, सुगा, पिउरो, जुरेली, भद्रो, सारौ अदि जस्ता वन्यजन्तु तथा चराचुरुंगीहरु पनि यस गाउँपालिकामा पाइन्छन ।

यार्सागुम्बा,गुच्छी च्याउ, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, समायो, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, भलायो आदि जस्ता जडिबुटीहरु पनि पाइन्छन् । तामा, सिसा, चक, शिलजित स्लेट, गन्धक आदि खनिज पदार्थहरु पनि पाइन्छन् ।

यस गाउँपालिकाको मुख्य आकर्षण सिस्ने हिमाल ५९११ मी.उचाई २८ ४९ ४० आक्षास ८२ ७ 07 देशान्तर, सिस्ने हिमाल ५८४४ मी. उचाई २८ ५० २२३ आक्षास ८२ ३७ ३५ देशान्तर रहेको छ ।

पर्यटनका लागि चाहिने सामानहरु

  • स्थानीय तहबाट गाउँपालिकाको प्रचारप्रसार
  • यस स्थानमा पाउने मुख्य आकर्षणहरुको प्रचारप्रसार
  • पर्यटकहरुलाई आवतजावत (साधन) गर्न सहजीकरण तथा नक्शा डाईरी जस्ता सामग्री
  • पर्यटकहरुलाई आवासको सुविधा
  • पथ मार्गको निर्माण
  • एतिहासिक स्थलहरुको संरक्षण
  • संग्रालय निर्माण
  • लोक झल्काउने कामकाज, पोशाकहरु लगाउने
  • ट्रेकिंको लागि सहजीकरण, दक्ष तालिम प्राप्त ट्रेकर्सहरु
  • आदि ।

युवा विकास केन्द्र, सिस्नेले हाल सम्म गरेका कार्यहरु

  • युद्ध स्थलको संरक्षण साथै उक्त स्थानहरुमा वृक्ष रोपन
  • सिस्ने गाउँपालिकाको एक मुख्य आकर्षण कमल दहको सरफाई साथै यस दह को गेटमा सरसफाई, सूचना बोर्ड राखिएको
  • कमल दहको वरिपरी बगैंचा निर्माण साथै वृक्ष रोपन
  • देशव्यपि रुपमा फैलिरहेको कोरोना भईरस (COVID-19) को रोकथामका लागि एफ.एम.रेडियो द्वारा प्रचारप्रसार साथै ठाउ ठाउमा संदेश मुलक ब्यानर राखिएको
  • पर्यटकहरुलाई स्थलहरुको जानकारीको निम्ति बोर्डहरु राखिएको,
  • सडक जानकारी, नयाँ मान्छेको लागि सडक दुरी
  • साथै संविधानको धारा २७ सुचनाको हक लाई सुनिश्चित गर्ने उदेश्यलाई परिपूर्ति गर्दै चोक चोक र वडा बासीहरु भेला हुने ठाँउमा सुचना बोर्ड राखिएको

आदि ।